दफा ११
समिति गठन गर्न सक्ने

(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम काउन्सिलले आफूलाई प्राप्त अधिकार प्रयोग गर्नको लागि विभिन्न विषय समितिहरू गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम गठन हुने समितिको काम, कर्तव्य र अधिकार काउन्सिलले तोके बमोजिम हुनेछ ।